न्यून बजेटले कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम पूरा गर्न ढिलाइ

धनगढी : कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम पूरा गर्न ढिलाइ भइरहेको छ । बजेट अपुगका कारण थप गरिएको समयमा पनि हुलाकीको काम पूरा गर्न सम्भव नभएको हो ।

हुलाकी स्तरोन्नतिको कुल लागत एक अर्ब ६१ करोड रुपियाँ रहे पनि सरकारले एकमुस्ट बजेट उपलब्ध गराएको छैन । चालु आर्थिक वर्षमा ३२ करोड रुपियाँ हुलाकी राजमार्ग स्तरोन्नतिका लागि पठाइएको थियो । जसमध्ये २२ करोड रुपियाँ गत आवकै बक्यौता भुक्तानीमा सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ ।

Dengue

सो कार्यालयका अनुसार अब दसैँसम्म काम गर्नका लागि पनि बजेट छैन । बाँकी रहेको १० करोड रुपियाँले केही दिन मात्रै काम हुने आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर बर्ख कठायतले बताए । बर्सात भन्दा हिउँदयाममा निर्माणको काम अगाडि बढाउन सहज हुने गर्दछ ।

बजेट सकिएपछि निर्माण कम्पनीले पनि काम रोक्ने, राम्ररी काम नगर्ने गरेको आयोजनाले जनाएको छ । चालु आवमा पठाइएको बजेट सकिएपछि सरकारसँग थप बजेट माग गरिने कठायतले बताए ।

कैलालीमा आव २०७७ र ७८ देखि हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र बाँकी अरू क्षेत्रमा दुई लेनको राजमार्ग बनिरहेको छ ।

धनगढीको गुरही चोक क्याम्पस रोड चोक देखि सत्तीसम्म ६९ किलोमिटर र लम्की–टीकापुर–खक्रौलासम्मको २९ । ७ किलोमिटरमा राजमार्ग स्तरोन्नतिका लागि काम भइरहेको छ । धनगढीको गुरही चोकदेखि पूर्व सत्तीसम्मको सडकखण्डको ४३ किलोमिटरमा कालोपत्रे बनिसकेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

यस खण्डको कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाको केही क्षेत्रमा गरेर ३६ किलोमिटरमा स्तरोन्नतिको काम हुन अझै बाँकी छ ।

कैलालीमा चार तहमा कालोपत्रेको काम पूरा भइसके पनि अन्यमा काम गर्न अझै बाँकी रहेको सूचना अधिकारी कठायतले बताए । बजेट अपुग भएकाले चालु आवभित्र स्तरोन्नतिको काम पूरा हुने देखिँदैन ।

धनगढी–भजनी–सत्ती खण्डमा चार र लम्की–टीकापुर–खक्रौला खण्डमा तीन प्याकेज बनाएर स्तरोन्नतिको कार्य भइरहेको छ । विभिन्न निर्माण कम्पनीले काम गरिरहेका छन् । यी खण्डमा राजमार्ग स्तरोन्नतिका लागि तोकिएको समयावधि सकिएपछि कुनै कम्पनीको आगामी पुस, कुनैको जेठसम्म म्याद थप गरिएको छ ।

कैलालीको विभिन्न क्षेत्रमा हुलाकी राजमार्ग जीर्ण बनेको छ । स्तरोन्नतिको कार्य ढिलाइ भएपछि धनगढी उपमहानगरपालिका–१९, कैलारी गाउँपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा हुलाकी राजमार्ग जीर्ण बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार