कोदालो प्रहार गरी आफ्नै दाजुको हत्या

डोटी : डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन्। जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ का  ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेशबहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले बताए।

नरबहादुरलाई प्रहरील सोमवार नै नियन्त्रणमा लिइसकेको छ। सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए।

SHIKHAR COOL TECH

घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार