गेटाको विषयमा सदनमा कुरा उठाइदिन पूर्व गृहमन्त्री लामिछानेलाई धनगढीका मेयरको अनुरोध

धनगढी : धनगढीका मेयर हमालले गेटामा विश्वविद्यालय सञ्चालनको विषय सदनमा कुरा उठाइदिन पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अनुरोध गरेका छन्।

रास्वपा सभापतिसमेत रहेका लामिछानेसँग सुदूरपश्चिमको एक मात्र मागका विषयमा सदनमा सशक्त रुपले कुरा उठाइदिन मेयर हमालले आग्रह गरेका हुन्। सोमवार धनगढी उपमहानगरपालिकामा रास्वपा सभापति लामिछानेसँग भएको भेटमा मेयर हमालले सिङ्गो सुदूरपश्चिमको मागका पक्षमा संसदमा आवाज बुलन्द पार्न अनुरोध गरेका हुन्।

Dengue

मेयर हमालले सुदूरपश्चिममा राज्यले पूरा गर्नुपर्ने धेरै एजेन्डा मध्ये गेटाको विषय पनि एक भएकाले यहाँका जनताले २०६३ सालदेखि नै सालिन आन्दोलनका रुपमा उठाएको मागको विषयमा संसदमा कुरा उठाइदिन रास्वपासँग माग राखेका हुन्। ‘सुदूरपश्चिमका धेरैवटा माग रहेका छन्।

२०६३ सालदेखि राज्य २१ बुँदे माग राख्ने सालिन आन्दोलन सुदूरपश्चिमले चलाइरहेको छ,’ उनले भने, ‘यहाँहरूले गेटाको कुरा सदनमा तगडा रुपले उठाइदिनु भो भने, यहाँ ९ सुदूरपश्चिम का लागि फाइदाजनक हुन्छ। गेटामा पूर्वाधार निर्माण भएर पनि मेडिकल शिक्षाका पढाइ सुरू नहुँदा राज्यले ठगेको अनुभव सबैले गरेका छन्।’

रास्वपा सभापति लामिछानेले गेटाको विषय आफ्नो पार्टीलाई याद भएको बताए। उनले गेटाको विषय आफ्नो पार्टीले निरन्तर रुपमा उठाइरहेको र थप सशक्त रुपले गेटाको विषय संसदमा उठाउने बताए। ‘गेटाको विषय हामीलाई याद भएको कुरा हो। यो हाम्रो पार्टीको प्राथमिकताको विषय पनि हो,’ उनले भने, ‘हामी सरकारमा भएको बेला पनि गेटाको विषय उठाएका हौँ र अहिले एक सशक्त प्रतिपक्षीको हिसावले गेटाको कुरा जोडदार रुपमा उठाउने छौँ।’

उनले अगाडि भने, ‘गेटा हाम्रो पनि चासोको विषय हो र मेयर साबले भनेपछि अझै यो कुरा संसदमा जोडदार रुपले उठाउछौँ।’ सरकारले २०७९ फागुनमै गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने नीतिगत निर्णय गरेको छ। विश्विवद्यालय सम्बन्धि विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको छ। तर, त्यसपछि सो विधेयक पारित गरेर गेटामा मेडिकल विषयको पठनपाठन सुरू गर्नुपर्नेमा सरकार विधेयक बारे बेखबर बनेको छ।

गेटाको विषयमा सरकारले निर्णय नगर्दा ६ अर्बभन्दा बढी लागानीमा बनेका भौतिक संरचना अलपत्र परेका छन् भने सुदूरपश्चिमको वर्षौदेखिको मागको राज्यले उपेक्षा गर्दै आएको छ। सरकार र राजनीतिक दल तथा तिनका नेताहरूले आश्वासन मात्रै दिने तर तत्काल गर्न सकिने काम समेत नगर्ने भएकाले गेटामा मेडिकल विषयको पढाइ सुरु हुने विषयले मूर्त रुप लिन सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार