डोटीमा मृत भेटिएका वृद्धको हत्या अरोपमा एक युवक पक्राउ

धनगढी : डोटीको कोठामै मृत भेटिएका वृद्धको हत्या अरोपमा एक युवक पक्राउ परेका छन । दीपायल सिलगढी नगरपालिका–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्या आरोपमा प्रहरीले दीपायल सिलगढी–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको हो ।

परिवारका सदस्यहरूले बिहीबार विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा वृद्धको शव विहिबार घरकै कोठा भित्रै हत्या गरेर बाहिरबाट ढोकामा ताल्चा लगाइएको अवस्थामा फेला पारेको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका श्रेष्ठले हत्या आरोप स्वीकारेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार