आदेश नमान्ने एनके कन्ट्रक्सनलाई धनगढी उपमहानगरपालिकाले किन तह लगाउन सकेन ?

भक्तराज जोशी

धनगढी । भदौ ९ गते धनगढी उमहानगरपालिकाले बसपार्क भित्रको पार्किङ, सरसफाई र हरियाली व्यवस्थापनको जिम्मा पाएको एनके कन्स्ट्रक्सनका नाममा पत्र काट्यो ।

कल २४ न्युजले बसपार्कको अव्यवस्थित फोहोरको विषयमा समाचार लेखेपछि उपमहानगरपालिकाका मेयर गोपाल हमालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले कन्स्ट्रक्सनका नाममा पत्र काटेका थिए ।

Dengue

जुन पत्रमा पत्र लेखिएको मितिले ७ दिनभित्रमा बसपार्क क्षेत्र र शौचालय सफा गर्न, खानेपानीको व्यवस्थापन गर्न र हरियाली व्यवस्थापन गर्न अल्टिमेटम दिइएको थियो ।

नगरपालिकाले एनके कन्स्ट्रक्सनका नाममा उक्त पत्र काटेको आज २ हप्ता बितिसकेको छ । तर न बसपार्क क्षेत्र सफा गरिएको छ, न नगरपालिकाले आदेश नमान्ने एनके कन्स्ट्रक्सनलाई कारबाही नै गरिएको छ ।

नगरपालिकाको पत्रअनुसार बसपार्कमा सवारी साधनको पार्किङ शुल्क र बसपार्क टर्मिनल भवनको तल्लो तला भाडा ठेक्का लागाउन आह्वान गरिएको बोलपत्र अनुसार २०८१ असार २८ गते भएको सम्झौतामा उल्लेख गरिएको शर्त नम्बर १४ अनुसार बसपार्क क्षेत्रभित्र रहेको शौचाल, खानेपानी, सरसफाई तथा हरियाली व्यवस्थापन गर्ने जिम्मेवारी दोस्रो पक्ष अर्थात एनके कन्स्ट्रक्सनको हो ।

तर एनके कन्स्ट्रक्सनले न सम्झौतामा उल्लेख शर्तको पालना गरेको छ न त नगरपालिकाको आदेश मानेको छ । तर हाकाहाकी कन्स्ट्रक्सनले आदेश लत्याउँदा पनि नगरपालिका भने मुकदर्शक बनेको छ । यसका साथै कतिपयले त एनके कन्स्ट्रक्सनका अघि नगरपालिका निरिह त बनेको होइन ? भनेर प्रश्न समेत उठाएका छन् ।

नगरपालिकाले दिएको एक हप्ताको समयमा पनि एनके कन्स्ट्रक्सनले आदेश अनुसार काम नगरेपछि हामीले त्यसको फलोअप समाचारसमेत लेखेका थियौँ । तर पनि नगरपालिका भने यसविषयमा हालका लागि मौन छ । बाँकी भोलि के गर्छ ? हेर्न बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार