कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते

धनगढी: हिजो राती कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन्।

गएराति साढे ११ बजेकोे समयमा जिल्ला घोडाघोडी नगरपालीका–४ को रामपुरमा कुटाकुट भएको हो। सोही ठाउँ बस्ने २२ वर्षीय गजेन्द्र साउदसहितका चार जनाबीच कुटाकुट भएको बताइएको छ।

SHIKHAR COOL TECH

कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडा बस्ने २३ वर्षीय कुबेर शाही घाइते भएका छन्। उनीहरुमध्ये रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर ठगुन्ना भने भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार