धनगढीबाट लागुऔषधसहित ४ जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–८ क्याम्पस चोकबा ४ जना लागुऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी–३ का २२ वर्षीय बिशेष शर्मा, २३ वर्षीय तिलक शर्मा, धनगढी–४ का २१ वर्षीय नबिन शाह र धनगढी–८ का ३० वर्षीय राजु खड्का पक्राउ परेका छन्। उनीहरुको साथबाट ९९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार