जापानमा पछिल्लो ६ महिनामा ३७ हजार बढी मानिस मृत फेला

एजेन्सी : जापानमा पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका छन् । जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन् ।

मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् । झण्डै ४० प्रतिशतको शव एक दिन भित्रै भेटिएको थियो । तीन हजार तीन सय ९३ जनाको शव एक महिनापछि फेला परेको र एक सय ३० जनाको ज्यान गएकोमा एक वर्षपछि मात्रै थाहा भएको जापानको राष्ट्रिय पुलिस एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Dengue

जापानमा बृद्धबृद्धाहरुको सङ्ख्यासँगै घरमा एक्लै बस्ने र एक्लै ज्यान जानेको दर बढिरहेको जापानी प्रहरीको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसङ्ख्या छ । बृद्धावस्थासँगै एक्लोपन गम्भीर समस्याका रुपमा देखा परेको छ । जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले देशमा सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने अनुमान गरेको छ ।

सन् २०२० को तथ्याङ्कअनुसार जापानमा एक्लै बस्ने जनसङ्ख्या ३८ प्रतिशत रहेको छ । यो सङ्ख्या सन् २०३३ मा ४४ प्रतिशत भन्दा धेरै हुने अनुमान छ । सन् २०३३ मा जापानमा प्रतिपरिवारमा सदस्य सङ्ख्या औषतमा दुई जना भन्दा कम हुने अनुमान छ । यसको मुख्य कारण कारण विवाह नगर्नेको सङ्ख्या, जन्मदरमा आएको गिरावट र बृद्धबृद्धाको सङ्ख्या बढ्नु हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार