रोकिएको ट्रकसँग मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु

धनगढी : धनगढीका एक युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ । आइतबार राति सवा १ बजेतिर गोदावरी नगरपालिका– १ धनगढी रोड पाठक पेट्रोल पम्प नजिकै रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाईकल ठोक्किएको थियोे ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

Dengue

उनकाअनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्युु भएको हो । मोटरसाईकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पताल अत्तरियामा उपचार जारी छ । ट्रक र चालक बझाङको बित्थडचिर गाउँपालिका – २ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार