धनगढीको क्याम्पस रोडमा पछिल्लो समय खुल्ला उडान सञ्चालनमा

धनगढी : धनगढीको क्याम्पस रोडमा पछिल्लो समय खुल्ला उडान सञ्चालनमा आएको छ। खुला उडानले पछिल्लो समय हुँदै गरेको जलवायु परिवर्तन र वन विनाशका कारणले चराहरूको बासस्थानमा परेको असरलाई मध्यनजर गर्दै सहजताका लागि चराहरूको घर निर्माण गरेको छ । धनगढीको क्याम्पस रोडमा पहिलोपटक चराघर निर्माण भएको हो।

खुल्ला उडानले चराहरूलाई घाम, पानी ,हावाहुरी, असिना तथा विभिन्न समस्याबाट केही हदसम्म भएनि राहत पाउन भन्ने उद्देश्यका साथ सो घरको निर्माण गरेको हो। धनगढी उपमहानगरपालिकाका स्थानीय तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक आत्माराम भट्टका अनुसार मानव जगतका लागि मात्रै नभएर प्राणी जगतका लागि पनि खुला उडानले गरेको यो कार्य सरानीय रहेको र यो कार्यबाट धेरै चराचुरुङ्गीहरुले सुरक्षित स्थान पाउने बताएका छन्।

Dengue

नगरपालिका तथा विभिन्न सरकारी निकायहरूबाट यस्ता चराचुरिङका बासस्थानहरूलाई स्थापना गर्न सकेमा अझ उत्कृष्ट हुने प्राध्यापक भट्टले बताए। यो कार्य पर्यावरण र वातावरणका लागि अति उत्कृष्ट भएको र हाम्रो समाजमा मानव जातिसँग चराचर जगतलाई जोड्नका निमित्त र कसरी मिलेर बस्ने भन्ने एउटा उदाहरणको रुपमा यो खुला उडानले गरेको चराघर रहेकोे स्थानीय टेकनाथ अधिकारीले बताए । यस्ता कार्यहरू धनगढीभरि र समग्र विश्वभरि नै लागू हुनुपर्ने स्थानिय अधिकारीले बताए ।

खुला उडानले विगत लामो समयदेखि गर्दै आएको कार्य उत्कृष्ट रहेको र यो चराघरले चराचुरुङ्गीहरूलाई हावाहुरी तथा विभिन्न विपदको बेला चरा हरुलाई विशेष सहायता हुने र खुला उडानले गरेको यो कार्य सम्पूर्ण नगरपालिका तथा अन्य सरकारी पक्षले पनि कार्यान्वयन गर्नुपर्ने सोही ठाउँमा व्यापार गर्दै आएकी स्थानीय व्यापारी गीता चौधरीले बताइन् ।

पछिल्लो समय चराचुरुङ्गीको बासस्थान कम हुँदै गरेको अवस्थामा खुला उडानले कुनै पनि सरकारी सहयोग तथा गैरसरकारी संघसंस्थाहरूको सहयोग बिना नै यो चराघरको निर्माण गरेको र अझ पसल राम्रोसँग चल्न सकेमा थप गर्दै जाने खुला उडानकी सञ्चालक महेश्वरी रेग्मीले बताइन्।

पछिल्लो समय बढ्दै गरेको जलवायु तथा सहरीकरणको मारमा परेका चराचुरुङ्गीलाई केही राहत होस् भन्ने उद्देश्यले यो चराहरूको निर्माण गरिएको र आफ्नो घरमा भएको केही खानाहरू बाँचेको खण्डमा यो चरा घरमा ल्याएर सहयोग गरिदिनुहुन खुला उडानका अर्का सञ्चालक कमल कुमार ऐडीले बताए ।

पछिल्लो समय मानव बस्ती बढ्दै गएको क्रममा कंक्रिटका घर हरू बढ्दै गएको र वनविनाश हुँदै गरेको अवस्थामा चराचुरुङ्गी हरू लाई बासस्थानको अभाव हुँदै आएको र यसको केही हदसम्म भएपनि समस्या कम होस् भन्ने उद्देश्यले यो चराघरको निर्माण गरिएको खुला उडानका परिकल्पनाकार आमोद किशोर दाहालले बताए ।

खुला उडान एक दुई जना विद्यार्थी तथा आफूले मिलेर सञ्चालनमा ल्याएको र सफल भएमा सम्पूर्ण जनसमुदायले सेवा पाउने र असफल भएमा स्वयं तथा एक दुई जना विद्यार्थीको मात्रै परिश्रम जाने परिकल्पनाकार आमोद किशोर दाहालले व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार