डडेल्धुरा : डडेल्धुरामा घरको सिँढीबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्लाको अजयमेरु गाउँपालिका–४ की ७३ वर्षीया बेलुदेबी ऐरी घाइते भएको प्रहरीले जनाएको छ। उनी शुक्रवार आफ्नो घरको सिँढीबाट लडेर घाइते भएकी हुन।
उनलाई डडेल्धुरा अस्पतालमा सामान्य उपचार गरेर धनगढी रेफर गरेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्