बाजुराको बुढीमालिका स्थित लक्ष्मी मावि पहिरोको उच्च जोखिममा

बाजुरा : बाजुराको बुढीमालिका नगरपालिका ७ जिल्ला स्थित लक्ष्मी मावि पहिरोको उच्च जोखिममा रहेको छ। बर्खाको समय सो विद्यालयको तलमाथि र वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ। पानी परेको बेला धेरै ठाउँमा दिउँसो ठूलाठूला पहिरो गएर गाई गोरु च्यापिएर मरेका छन् भने कयौँ मानिस पनि घाइते भएका छन्।

यो विद्यालय पनि पहिरोको उच्च जोखिममा छ। कुन दिन पढ्ने बेलामा नै विद्यार्थी पहिरोमा परिणत भएर पढ्दा पढ्दै ज्यानैजाने हो कि भन्ने मनमा निकै डर हुने गरेको परिमालिका नगरपालिका ७ जिल्लामा रहेको लक्ष्मी मावि कक्षा १० का छात्रा रमिला विकले बताइन् ।

SHIKHAR COOL TECH

उनी भन्छिन् हिउँदको महिना पानी नपर्ने भएकाले बाहिर बसेर पनि पढाउने गरेका छौं। बाहिर बसेर पढौँ पानीले भिजाउँछ भन्ने डर भित्र बसे बाढी पहिरोले विद्यालय नै बगाउँछ कि भन्ने डर छ । यो विद्यालयलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरण नगर्दासम्म डरै डरमा पढ्नुपरेको छात्राविकले बताइन्।

उनी भन्छिन् जबदेखि मार्तडी कोल्टी सडक मर्मत गरियो तब यो विद्यालयको वरिपरिबाट पहिरो जान सुरु भएको छ। चारै ठाउँबाट पहिरो आएपछि यतिबेला विद्यालय नै जोखिममा छ । यो विद्यालयमा ठाउँ पनि सानो छ। भौतिक पूर्वाधार निर्माण गरे खेलमैदान नहुने खेतमैदान निर्माण भने उता भौतिक पूर्वाधारको अभाव हुने गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

चाँडोभन्दा चाँडो यो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सके विद्यार्थीहरूलाई पढाइमा सजिलो हुने उनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार