बाजुराको रुम्दीमा पहिरोले कुवाडी नदी थुनियो !

बाजुरा : बाजुराको हिमाली गाउँपालिका-२ रुम्दीमा पहिरोले कुवाडी नदी थुनिएको छ । शुक्रबार सुख्खा पहिरोले कुवाडी नदी थुनिएको हो ।

नदी थुनिएपछि प्रहरीको टोली सम्बन्धित क्षेत्रमा खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Dengue

हिमाली गाउँपालिका २, ४ र ५ लगायतका वडाका अधिकांश बस्तीहरु डुबानको उच्च जोखिममा छन् । हिमाली गाउँपालिकाले पनि सूचना जारी गर्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कुवाडी नदी थुनिएकाले कुवाडी र कर्णाली नदीको आसपासका क्षेत्रमा कुनै पनि समयमा पहिरोसहित पानीको बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार