टीकापुरक सापकोटा प्युठानमा मृत फेला

धनगढी : कैलालीको टीकापुरका चन्द्रप्रकाश सापकोटा प्युठानमा मृत फेला परेका छन । टीकापुर नगरपालिका – १ ज्योतिनगर घर भएका सापकोटा प्युठानको ऐरावती गाउँपालिका – ६, स्थित जनता माध्यमिक विद्यालय बिजुलीमा कार्यरत थिए ।

उनी विद्यालयदेखि करिब दुई किलोमिटर टाढा बाटोमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । माध्यमिक विद्यालय तहमा स्थायी दरबन्दी रहेका शिक्षक सापकोटा विद्यालयमा बस्दै आएका थिए । उनी गाउँपालिकामा सञ्चालन भएको तालिमबाट फर्किने क्रममा घटना भएको प्रहरीको अनुमान छ ।

Dengue

प्रहरीका अनुसार मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । शवको पोष्ट मार्टम गरी आफन्तलाई बुझाएको सूचना अधिकारी केसीले बताए । गजल साहित्यमा दख्खल राख्ने सापकोटा टीकापुरस्थित रेडियो नमस्ते, रेडियो फुलबारी एफ.एम.मा लामो समय कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार