धनगढीमा क्रेनको ठक्करबाट एक जना घाइते

धनगढी : कैलालीको लम्कीमा क्रेनको ठक्करबाट एक जना घाइते भएका छन । सोमबार राती लम्कीचुहा नगरपालिका – ४ बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र –२–०३–००१ क २०२७ नम्बरको क्रेनले स्थानीय ४२ वर्षीय किरण प्रसाद शर्मालाई ठक्कर दिएको हो ।

क्रेनको ठक्करबाट घाइते भएका शर्माको टाउको र छातिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार