बंगलादेशमा फेरि हिंसा, ४० जना घाइते

काठमाडौँ : बंगलादेशमा फेरि हिंसा भएको छ। आइतबार अबेर राति होमगार्ड (अन्सार समूह) र विद्यार्थीहरूबीच झडप भएको छ । जसमा ४० जना घाइते भएका छन्।

अन्सार समूहले स्थायी रोजगारीको माग गर्दै गत दुई दिनदेखि प्रदर्शन गरिरहेको थियो। आइतबार सो समूहका धेरै सदस्यहरू सचिवालय पुगेका थिए। उनीहरूले गेट बन्द गरे र कुनै पनि सरकारी अधिकारीलाई बाहिर आउन दिएनन्। विद्यार्थी संगठनका केही सदस्यहरू पनि भित्र फसे। उनीहरूले फेसबुकमार्फत सयौं विद्यार्थीहरूलाई सचिवालयमा आउन अपील गरे।

SHIKHAR COOL TECH

जब ठूलो संख्यामा विद्यार्थीहरू सचिवालयतर्फ अगाडि बढे, त्यहाँ पहिल्यै उपस्थित अन्सार समूहका सदस्यहरूसँग उनीहरूको भिडन्त भयो।विद्यार्थीहरूले अन्सार समूह बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको एजेन्टको रूपमा काम गरिरहेको आरोप लगाएका छन्।

अन्सार समूहले ढुंगा हान्यो, त्यसपछि झडप सुरु भयो ढाका ट्रिब्यूनका अनुसार, करिब ९ बजे झडपको सुरु भएको थियो । जब हजारौं विद्यार्थीहरू सचिवालयतर्फ अगाडि बढ्न थाले। ९ः३० बजे अन्सार समूहका सदस्यहरू पछि हट्न थाले। त्यसपछि उनीहरूले लट्ठी लिएर विद्यार्थीहरूलाई लखेटे । केहीले ढुंगा पनि फाल्न थाले, त्यसपछि विद्यार्थीहरूको तर्फबाट पनि हमला भयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार