कलाकार बोकटानी किङको नेतृत्वमा शिवपुरी धाममा सरसफाइ

धनगढी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा सरसफाइ गरेको छ । कलाकार तथा व्यापारी बोकटानी किङ विनोद बोहराको पहल तथा नेतृत्वमा शिवपुरी धाममा सरसफाइ भएको हो । 

शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाम व्यवस्थापन समिति श्रावण लघुरुद्रि अनुष्ठान पूजाका बेला भएको फोहोर व्यवस्थापन नभएपछि बोकटानी किङले सरसफाइ गरेका हुन । बोकटानी किङलाई सरसफाइ गर्न चलचित्र निर्देशक सतिस सिन्हा, कोरीयोग्राफर केशव बलायरले सहयोग गरेका थिए ।

Dengue

उनिहरुले शिवपुरी धाम परिसरबाट करिब ८ बोरा बढी फोहोर निकालेका छन् । बोकटानीले तिन दीन अघि (भाद्र ८ गते) शिवपुरी धार्मिक क्षेत्रमा फोहोर अत्यधिक भएकाले सरसफाइ गर्न व्यवस्थापन समिति र सरोकारवालालाई आग्रह गर्दा पनि सरसफाइ नभएपछि आफैले गरेका हुन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार