धनगढीको ठाकुर मोटर्सले उत्कृष्ट दुई अवार्ड पायो !

धनगढी : सुदूर पश्चिमका लागि महिन्द्रा गाडीको अधिकृत बिक्रेता ठाकुर मोटर्स प्रा.लि.ले दुई वटा अवार्ड हात पारेको छ । नेपालका लागि महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नी ईन्कर्पोरेट प्रा.लिद्धारा आयोजित वार्षिक डिलर्स मीट समारोहमा ठाकुर मोटर्सले दुई वटा अवार्ड हात पारेको हो । 

पोखरामा शुक्रवार आयोजित डिलर्स मीट समारोहमा अग्नी ईन्कर्पोरेट प्रा.लिका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले ठाकुर मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक हरी शंकर ठाकुरलाई कन्सिन्टेन्सी अवार्ड २०८१ प्रदान गरे । सोही समारोहमा महिन्द्रा ब्राण्डको स्पेयर्स पार्टको अधिकृत ठाकुर अटो केयर सेन्टरलाई एक्सिलेन्स अवार्ड २०८१ प्रदान गरियो । 

Dengue

बालाजु अटो मोबाईल्सका प्रबन्ध निर्देशक अर्जुन कुमार शर्माले ठाकुर अटो केयर सेन्टरका प्रबन्ध निर्देशक ठाकुरलाई एक्सिलेन्स अवार्ड २०८१ प्रदान गरे । देशभरीका डिलरहरु मध्ये सबैभन्दा गाडी बिक्री गर्ने ठाकुर मोटर्स र महिन्द्रा ब्राण्डका स्पेयर्स पार्टस् बिक्री गर्ने ठाकुर अटो केयर सेन्टरलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार