कैलाली । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रुपमा श्री कृष्णको जन्म भएको दिनलाई हिन्दु दर्मावालाम्वीहरुले निकै महत्वका साथ मनाउने गर्दछन ।
यही अनुसार धनगढीमा पनि कृष्ण जन्माष्टमी मनाउनका लागि भव्य तयारी गरिएको छ ।
जन्माष्टमिका दिन भक्तजनको निकै भीड लाग्ने धनगढीको पुरानो भन्सार रोडस्थित श्री कृष्ण मन्दिरमा सम्पुर्ण तयारी सम्पन्न गरिएको छ ।
मन्दिरमा भक्तजनको सहज आगमनका लागि ग्राबेल गर्नुका साथै मन्दिर शृंगारेर चिटिक्क पारिएको छ । मन्दिरमा कृष्ण जन्माष्टमिका दिन भजनकृतन गरिनुका साथै राधा-कृष्णको भेषमा सजिएका बालबालिकाहरुलाई पुजा गर्नुका साथै भव्य रुपमा जन्माष्टमि मनाइन्छ । जन्मास्टमिका लागि शृङ्गारिएको कृष्ण मन्दिर फोटोमा हेर्नुहोस:
प्रतिक्रिया दिनुहोस्