सर्पले डसेर २ बालिकाको मृत्यु, हजुर आमा धाईते

धनगढी : कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो।

सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय धनीराम घर्तीमगरले बताए। ५ वर्षीया काजल र ६ वर्षीया लिजा घर्तीमरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो।

SHIKHAR COOL TECH

सर्पले डसेपछि दुबै बालिकाको मृत्यु भएको छ। सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि डसेको छ। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार