क अनादर र लागूऔषध मुद्दा ३ जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीबाट चेक अनादर र लागूऔषध मुद्दा ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय रियाज मगर, चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने ४८ वर्षीया सरस्वती खड्का र चेक अनादरमै १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने ४८ वर्षीय गंगाराम चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। उनीहरुलाई शुक्रवार  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार