भिरबाट खसेर अछाममा पुरुषको मृत्यु, कर्णाली नदीमा भेटिएको शवको पहिचान खुल्यो !

अछाम : खेतबाट फर्किने क्रममा भिरबाट लडेर अछामा एक जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका –५ लयाटीका ४५ वर्षीय कमलबहादुर शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

घरदेखि करिब पाँचसय मिटरको दूरीमा रहेको बडरुख भन्ने स्थानमा चिप्लिएर एकसय मिटर तल खसेपछि उपचारमा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

dashain shuvakamana
Discovery School

उता तुर्माखाँद गाउँपालिका –४ जंगलघाटमा बुधबार कर्णाली नदी छेउमा भेटिएको शवको पहिचान खुलेको छ । अछाम र सुर्खेत जोड्ने जंगलघाट झोलुङ्गे पुलबाट करिब एकसय मिटर तल भेटिएको शव दैलेखको डुङ्ग्रेश्वर गाउँपालिका –२ लाकुरी बस्ने ६० बर्षीय बलबहादुर गाहामगर भएको खुलेको छ ।

माछा मार्ने क्रममा दैलेखको लोहोरे खोलाले बगाएर लगेको बताइएको छ । मृतकका छोराले आफ्नो बुवा भनेर जिल्ला अस्पताल अछाममा पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार