कैलाली । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
प्रचण्ड सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता तथा संचारमन्त्रि पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
यसअघि प्रचण्ड सरकारले टिकटकमा अश्लिलता धेरै भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्