आफ्नै विद्यार्थी १७ वर्षीया बालिका माथी बाल यौन दुरुपयोग आरोपमा एक शिक्षक पक्राउ

धनगढी : कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ मा बसोबास गर्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय, कैलालीले गत बिहिवार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै उजुरी परेको बताएको छ।

बाजुराको त्रिवेणी नगरपालिका–७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन। उनले आफ्नै विद्यार्थी माथि बाल यौन दुरुपयोग गरेको आरोप लागेको हो। प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्दै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार