कैलालीमा अविरल वर्षाका कारण ठाउँ–ठाउँका बस्तीमा डुबान

धनगढी : कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ। मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधवार बिहानसम्म पनि जारी रहेको छ। वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले प्रायजसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेको बताए। खासगरी कान्द्रा नदी र मोहना नदीमा खतराको सतह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको बोहोराले बताए।

Dengue

विभिन्न ठाउँमा बस्ती जलमग्न र डुबानमा परेका छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढि घर डुबानमा परेको प्रारम्भीक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार