बैतडीको पुर्चौंडीमा वर्षासँगै खसेको पहिरोले एक घरपरिवार विस्थापित

बैतडी : लगातारको वर्षासँगै खसेको पहिरोले बैतडीको पुर्चौंडीमा एक घरपरिवार विस्थापित भएको छ ।

पुर्चौंडी नगरपालिका–७ रतोकाका धर्मसिंह बोहराको परिवार विस्थापित भएको हो। ढोल्यामोड–हाट सडक स्तरोन्नतिका क्रममा डबल कटिङ गरेसँगै सडकमाथि रहेको बोहराको घर पहिरोको उच्च जोखिममा परेको छ।

Dengue

सडक स्तरोन्नतिका क्रममा लगाएको पर्खाल भत्किएपछि घरसमेत पहिरोले बगाउने अवस्था आएपछि घर छोडेर छिमेकीको घरमा बस्न थालेको बोहराले बताए। सडक निर्माणका क्रममा लगाएको पर्खालसहित घरतलतिर पूरै पहिरोले बगाएको बोहराले बताए।

आफूसँग अन्यत्र घर बनाउन जमीनसमेत नभएपछि आफू पूर्ण रूपमा विस्थापित भएको बोहराले बताए। बोहराको ९ जनाको परिवार अहिले छिमेकीको घरमा बसिरहेको छ। उक्त घरसमेत पहिरोको जोखिममा रहेको बताइएको छ। नरी रतोकी र धनी रतोकी गरी अन्य दुई जनाको घर समेत पहिरोको जोखिममा रहेको बोहराले बताए।

पहिरोले घरको आँगनसमेत लगिसकेपछि आफू विचल्लीमा परेको उनले सुनाए। आफ्नो समस्याका बारेमा स्थानीय सरकारलाई जानकारी गराइसकेको बोहराले बताए।

विस्थापित बोहरा परिवारको व्यवस्थापनका लागि नगर सरकारले पहल गरिरहेको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए। बोहरा परिवारको व्यवस्थापनका लागि स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बन्धित निर्माण कम्पनीसँग सम्झौतासमेत गरिएको कुँवरले बताए।

बोहराको अन्यत्र जमीन नभएकाले उनको व्यवस्थापनका लागि नगरपालिकाले आफ्नो भोगाधिकार क्षेत्रभित्रको जमीन उपलब्ध गराउन तयार रहेको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए।

तत्कालका लागि बोहरा परिवारलाई भान्छा घरको व्यवस्थापन गर्न जस्तापाता उपलब्ध गराइएको र खाद्यान्न समेत उपलब्ध गराइने बोहराले बताए। यो विषयमा जिल्ला विपद् व्यवस्थापन समितिसँग समेत कुराकानी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार