बाजुराका अधिकांश ठाउँमा पहिरो रोक्न वृक्षरोपण कार्यक्रम सुरु

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाका अधिकांश ठाउँमा पहिरो रोक्न वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ । उजाडिँदै गएको पाखापखेरा हरियाली बनाउने तथा गाउँबस्तीको नजिकमा गएको पहिरो रोक्न जिल्ला रेडक्रस शाखाले वृक्षरोपण कार्यक्रम सुरु गरेको हो । 

रेडक्रसको समन्वयमा खप्तड छेडेदह–४ को लिसाना, तल्लो लिसाना, गवानी, टम्टाना टोलमा गठित एकता सामुदायिक विपत् व्यवस्थापन समितिले पहिलो चरणमा तुहारे, खोलेघट्ट, कुकुडेखोला र भौनेतलामा वृक्षरोपण गरेको छ । 

Dengue

एकता सामुदायिक विपत् व्यवस्थापन समितिका सचिव राजेश सुनारले रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुरक्षित नेपाल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । लिसाना, टम्टाना, गवानीलगायतका गाउँ बस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले विभिन्न प्रकारका ६५० बोटबिरुवा रोपिएको सुनारले बताउनुभयो । नौ वटै स्थानीय तहका विभिन्न ठाउँमा पछिल्लो समय बाढीपहिरोको उच्च जोखिम बढ्दै गएको छ । 

अधिकांश गाउँ बस्ती पहिरोको कारण उठिबास भएका छन् । बर्खाको समयमा पहिरो जान थालेपछि बस्तीको उठिबास भएको हो । जङ्गल फँडानी हुने क्रम बढ्दै गएको र केही ठाउँमा डोजरले जथाभाबी सडक निर्माण गर्ने गरेकाले गाउँ बस्तीमा पहिरो जान थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ । 

गाउँ बस्तीलाई हरियाली तथा जलवायुका दृष्टिले हराभरा बनाउन वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको रेडक्रस शाखाका सभापति मेखराज जैसीले बताउनुभयो । जोखिममा रहेका गाउँ बस्तीमा पहिरो जान नदिने गरी वृक्षरोपण कार्यक्रम सुरु गरेको सभापति जैसीले बताउनुभयो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार