काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आज (आइतबार) देखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।
दशरथ रंगशाला खेल्न योग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम समय खेल स्थल सारेको हो ।
नेपालसहित ६ देशको सहभागी रहनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।
प्रतिक्रिया दिनुहोस्