कैलालीको तीनमुखे झोलुङ्गे पुल निर्माणको अझै सुरु भएन !

धनगढी : कैलालीको डल्फिन अवलोकन क्षेत्रमा प्रदेश सरकारले प्राथमिकतामा राखेको तीनमुखे झोलुङ्गे पुल निर्माणको अझै सुरसार छैन ।

पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले काँढा र पथरैया नदीको सङ्गमस्थलमा तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि सर्भे गरेको थियो । टीकापुर नगरपालिका–७ स्थित बैदी, भजनी नगरपालिका–३ को दैलेखी टोल र वडा नम्बर ८ को काँढाढिक गाउँलाई जोड्ने गरी पुल निर्माणको सर्भे भए पनि काम भने सुरु हुन सकेको छैन । 

Dengue

तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने भनिएको स्थान दुर्लभ डल्फिन अवलोकन गर्ने ठाउँ हो । बर्खाभरि सो स्थानमा गङ्गेटिक प्रजातिको डल्फिन देखिन्छन् । पुल निर्माण भए पछि राम्ररी डल्फिन अवलोकन गर्न सकिने र पर्यटकको आकर्षण  बढ्ने स्थानीयको विश्वास छ ।

स्थानीयले पुल निर्माणको माग गर्दै आफूहरूले सरोकारवालालाई घचघच्याउँदै आएको उल्लेख गर्नुभयो । झोलुङ्गे पुल नहुँदा स्थानीयले डुङ्गाको भरमा जोखिम मोलेर ओहोरदोहोर गर्दै आएका छन् । सो ठाउँमा डल्फिन मात्रै नभई  मगर, गोही र घडियालसमेत रहेकाले डुङ्गामार्फत ओहोरदोहोर  गर्न निकै जोखिमयुक्त रहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार