अनेरास्ववियु के.एम.सी.कमिटीद्धारा कञ्चनपुरका विपिनको रिहाइका लागि हस्ताक्षर संकलन

दशरथ भट्ट

अनेरास्ववियुले हमासको कब्जामा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हाे।

अभियानकै क्रममा आज कैलाली बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु क्याम्पस कमिटीले हस्ताक्षर अभियान संचालन गरेको थियो। कैलाली बहुमुखी क्याम्पका विद्यार्थी र शिक्षकहरुकोे १००० भन्दा बढी हस्ताक्षर संकलन गरेको अनेरास्ववियुका क्याम्पस संयोजक पुर्ण राज जैसीले बताए।

SHIKHAR COOL TECH

विपिन हमासमा समुहको नियन्त्रणमा करीब १० महिना बन्दी बनेको भइ सक्दा पनि विभिन्न सरकारहरु फेरबदल भए तर बिपिनको रिहाइका निम्ती कसैले चासो नदेखाएको हुँदा अनेरास्ववियुले रचनात्मक ढंगबाट हस्ताक्षर संकलन गरेर सडकबाट सदनमा पुगाउने अभियानकोे संचालन गरेको क्याम्पस कमिटी अध्यक्ष जैसीले बताए।

विपिन सँगै सुप विश्वविद्यालयको टीकापुरस्थित कृषि तथा विज्ञान सङ्कायबाट गत वर्ष २० असोज २०८० मा ‘लर्न एण्ड अर्न कार्यक्रम’ अन्तर्गत ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले नेपाली विद्यार्थीहरू बसेको बंकरभित्रै पसेर आक्रमण गरेका थिए ।हमासकोआक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार