नेपालका विपिन जोशीको रिहाइको माग गर्दै, धनगढीमा गरे अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम

धनगढी : इसरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको रिहाइको माग गर्दै धनगढीमा अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम गरेको छ । 

अनेरास्ववियुले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा मुख्यमन्त्रि कार्यालय अगाढी बृहत हस्ताक्षर संकलन अभियान कार्यक्रमको आयोजना गरेको हो । 

SHIKHAR COOL TECH

हमासले नियन्त्रणमा लिएका केही विदेशीहरूलाई रिहा हुँदा समेत  जोशीको रिहाइ नभएपछि अनेरास्ववियुले हस्ताक्षर अभियान प्रदेश कमिटी मनोज राईले जानकारी दीए । 

सुदूरपश्चिमका ९ वटै जिल्लामा बृहत हस्ताक्षर संकलन अभियान सन्चालन गर्ने बताउदै अध्यक्ष राईले संकलन गरेको हस्ताक्षरहरु प्रधानमन्त्रिलाई बुझाउने बताए । 

कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत भदौमा इसराइल गएका थिए।

त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए।

हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार