अत्तरियामा प्रहरीले उद्यमी युवामाथि दुर्व्यवहार

धनगढी : कैलालीको अत्तरियामा प्रहरीले उद्यमी युवामाथि दुर्व्यवहार गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट मंगलबार राति ड्युटीमा खटिएको प्रहरी टोलीले एक जुस सेन्टरमा पसल बन्द गराउने नाममा युवामाथि दुर्व्यवहार गरेको हो। 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी सहायक निरीक्षक (असई) दिपेन्द्र बिष्ट नेतृत्वको प्रहरी टोलीले उद्यमी युवामाथि दुर्व्यवहार गरेको पीडितको गुनासो छ। अत्तरियामा रहेको थ्रिडिभिएल क्रियशन बहुउद्देश्यीय सहकारीले अत्तरियाकै लोटस गल्लीमा थ्रिडिभिएल जुस सेन्टर सञ्चालन गरेको छ। 

Dengue

सो जुस सेन्टर थ्रिडिभिएलकै केही युवाहरुले सञ्चालन गरिरहेका छन्। राति पसल बन्द गर्ने बेलामा भ्यानसहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफुहरु खाना खाइरहेकाले एकछिनमा बन्द गर्छु भन्दा तथानाम बोलेर गाडीमा जवरजस्ती हाल्न खोजेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले बताए।

जुस सेन्टरकै अगाडी सटरमा आफुहरु राति सुत्ने भएकाले पसलमै खाना पकाएर खाने गरेको उनले बताए। सहकारीका कर्मचारी डबल साउँदलाई भने भ्यानमा हालेर चौकिमै लगेका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाले राति १० बजेको समयमा अत्तरिया बजारमा सबै पसलहरु बन्द हुने र नभएका पसलहरु प्रहरीले बन्द गराउने गरेको बताए। 

सोही क्रममा मंगलबार राति जुस सेन्टर १० बजेपछि पनि खुलै रहेकाले प्रहरीले बन्द गर भन्दा प्रहरीसँग नै बोल्न थालेपछि प्रहरीले भ्यानमा हालेर चौकी लगेका डबल साउँदलाई सम्झाइबुझाई गरेर छोडेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार