कैलालीको चौमाला बहुमुखी क्याम्पस क्षेत्रमा वृक्षारोपण

धनगढी : कैलालीको चौमाला बहुमुखी क्याम्पस क्षेत्रमा वृक्षारोपण गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिकाको चौमालामा रहेको क्याम्पसको खुल्ला क्षेत्रमा वृक्षारोपण गरिएको हो।

अखिल (समाजवादी) चौमाला बहुमुखी क्याम्पस इकाई कमिटीले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो। मङ्गलवार क्याम्पस परिसरमा फूल, अमला, अम्बा, गुलमहर, राज वृक्ष, वीरेन्द्र फूल, धुपी सल्ला, छतिवन लगाएतका जातका बिरुवाहरू रोपिएका हुन्।

Seti Hospital

संगठनका ईकाई अध्यक्ष बिन्द्रा सीका अनुसार वृक्षारोपण कार्यक्रममा क्याम्पसका विद्यार्थीसहित संगठनका नेताहरूकोसमेत सहभागिता रहेको थियो। संगठनका केन्द्रीय कोषाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज बबरजङ्ग सी, नेकपा कैलाली सचिव सीताराम सी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा कैलाली इन्चार्ज महेश सी, कैलाली संयोजक बिनोद सी, क्याम्पस इकाईका सदस्यहरूसहित क्याम्पसका विद्यार्थीहरूले वृक्षारोपण गरेका हुन्।

बरबरजङ्ग सीले विद्यार्थीहरूले वातावरणलाई संरक्षित गर्नु र भविष्यमा आईपर्ने वातावरणीय चुनौतीलाई सामना गर्न वृक्षारोपण कार्यक्रमले टेवा पुग्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार