पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक ४ दिनदेखि अवरुद्ध

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक ४ दिनदेखि अवरुद्ध छ। ठाउँठाउँमा पहिरो र भासिएर अवरुद्ध भएको सडक आज पनि खुलेन। शनिवार रातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयले बताएका छन्।

सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुलाई समस्या भएको छ। ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्। ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोलानजिक, सनगाउँ, बडगाउँ विद्यालयनजिकै पहिरो खसेको पुरनसिंह ऐरले बताए। यसका साथै ठण्डापानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ। अवरुद्ध सडक पुनः सञ्चालनमा नआउँदा स्थानीय मारमा परेका छन्।

Dengue

चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरु समेत ढोल्यामोडबाट पैदल हिँड्न बाध्य भएको बताइएको छ। उक्त सडकमा खसेको पहिरो पन्छाउन कसैले पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन्। सडक अवरुद्ध हुँदा आकस्मिक विरामीलाई समेत समस्या भएको छ। विरामीहरुलाई अन्यत्र लैजान बोकेर लैजानुपर्ने अवस्था सिर्जना भएको छ।

अवरुद्ध सडक खुलाउन नगरपालिकाले समेत पहल नगरेको भन्दै आलोचना भइरहेको छ। पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा खाद्यान्न अभावसमेत हुने स्थिति उत्पन्न हुन थालेको छ। ढोल्यामोड–हाट सडक स्तरोन्नति भइरहेको छ। सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिरोको जोखिम बढी देखिएको छ।

यसैबीच सडक सञ्चालन गर्न प्रयास गरे पनि खुलाउन समस्या भएको पुर्चौंडी नगरपालिकाले जनाएको छ। सडक खुलाउन दुईवटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चौंडी नगरपालिकाका योजना शाखा प्रमुखले बताए।

उनले भने, ‘सडक सञ्चालन गर्न दुई जेसिबी प्रयोग गरे पनि सम्भव हुन सकेन, पहिरो पन्छाए पनि सडक भासिएको ठाउँमा समस्या भएको छ।’ तत्काल सडक सञ्चालनमा आउन नसक्ने बताउँदै उनले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार