विद्यालयमा भएको इजराइली आक्रमणद्वारा मारिएका ७५ शवको पहिचान

एजेन्सी : इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन्।

उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन्। इजरायली सेनाले गाजा सहरको अल–ताबीन धार्मिक विद्यालय परिसरमा शनिबार बिहान गरेको आक्रमणमा कम्तीमा १९ प्यालेस्टिनी लडाकू मारिएको बताएको छ।

Dengue

अल–ताबीन स्कूलमा भएको आक्रमणमा ९३ जनाको मृत्यु भएको छ, जसमध्ये ७५ को पहिचान गरिएको छ’, गाजा नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसालले एएफपीलाई भने। उनका अनुसार मृत्यु हुनेमा ११ बालबालिका र छ महिला रहेका छन्। गाजा शहरको अल–अहली अस्पतालका चिकित्सक अमजद अलिवाले आक्रमणमा मारिएका ७५ जनाको पहिचान भएको पुष्टि  भएको बताए।

’अझै पनि पूर्ण रूपमा नष्ट भएका शवहरू छन् यसैबीच, इजरायली समाचार वेबसाइट वाल्लाले सेनालाई उद्धृत गर्दै हमलामा ३८ आतङ्ककारी मारिएको जानकारी दिएको छ। हमास लडाकूहरूले इजरायल र यसका सुरक्षा बलहरू विरुद्ध आक्रमणको योजना बनाउन कमाण्ड र कन्ट्रोल सेन्टरका रूपमा प्रयोग गरिरहेको सूचना प्राप्त गरेपछि विद्यालय परिसरमा आक्रमण गरेको सेनाले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार