गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ।

नगरपालिकाले १६ महिनाअघि नै विद्युत प्राधिकरणसँगको साझेदारीमा बत्ती जडानका लागि रकम जम्मा गरिएको भए पनि पहिलो टेण्डर रद्द गरिएको थियो।

SHIKHAR COOL TECH

गोदावरी नगरपालिकाभित्र पर्ने ६ लेन सडकमा चालु आर्थिक वर्षभित्रै स्मार्ट बत्ती बाल्ने योजना अनुसार दोस्रो पटक टेण्डर आह्वान गरिन लागेको हो। करिब ७ किलोमिटरमा चालु आर्थिक वर्षभित्रै झिलिमिली हुने नगरपालिकाको दाबी छ। नेपाल विद्युत प्राधिकरण र गोदावरी नगरपालिकाको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान हुने भएको छ।

नगरपालिकाको ६५ प्रतिशत र प्राधिकरणको ३५ प्रतिशत लगानीमा स्मार्ट सडक बत्ती जडान हुने नगर प्रमुख बिरेन्द्र भट्टले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार