वन र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीबाट वन र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

वन मुद्दामा ६ हजार ९ सय जरिवाना तोकिएको टीकापुर नगरपालिका–५ बस्ने ३५ वर्षीय झपटसिह बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने ४८ वर्षीय भक्तबहादुर बुढामगर सोमवार पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार