बाजुराको ठिकु भन्ने स्थानमा पहिरो जाँदा चार जना घाइते

धनगढी : बाजुरामा गएको पहिरोमा परी चार जना घाइते भएका छन्।

बाजुराको हिमाली गाउँपालिका–३ ठिकु भन्ने स्थानमा आज बिहान गएको पहिरोमा परेर चार जना घाइते भएका हुन्।

Dengue

घाइते हुनेमा हिमाली गाउँपालिका–३ का १३ वर्षीया पे्रमकला बुढा, १० वर्षीया ललिता बुढा, ५० वर्षीय हंस बुढा र १५ वर्षीया अनिता रोकाय रहेका छन्। प्रेमकलाको अवस्था गम्भीर रहेको र उनको हुम्लाबाट डाक्टर आएर घरमै उपचार भइरहेको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

उक्त पहिरोमा परेर १३ जनाका २६ गोरु बेपत्ता भएका छन् भनी १५ गोरु मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
आज बिहान जङ्गलमा गोरु चराउन लैजाँदै गरेको बेला पहिरो खसेर गोरु बेपत्ता भएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार