सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको दारी ग्याङ टीकापुरमा पनि बिस्तार

धनगढीः सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ टीकापुरमा पनि बिस्तार भएको छ।

दारी ग्याङ सुदूरपश्चिम प्रदेश संयोजक दिनेश बोहराको अध्यक्षता र प्रमुख अतिथि डिएसपी विश्वराज अधिकारी रहेका थिए। दारी ग्याङ टीकापुरको संयोजकमा प्रदिप रावललाई सर्वसम्मत चयन गरिएको छ। यस्तै  दारी ग्याङ टीकापुरको उप संयोजकमा राज जैसि , कोषाध्यक्षमा सरोज चपाई र सचिबमा बिजयराज जोशी चयन भएका छन।

SHIKHAR COOL TECH

दारी ग्याङ टीकापुरले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्नेछ। बिशेश गरि टीकापुरमा युवा लक्ष्यित कार्यक्रम गर्ने, साथै टीकापुरका पर्यटकीय स्थलको संरक्षण, प्रचार प्रसार गर्ने, रक्तदान गर्ने एवं सचेतना प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गर्ने समूहका संयोजक रावलले बताए। समाजका विकृतिका विरुद्ध अभियान चलाउने , नजिकको क्षेत्र लम्किमा पनि दारी ग्याङले काम गर्ने र यसको लागि योजना बनाइरहेको उनले बताए।

सन् २०१६ मा सामाजिक संजाल बाट सुरु भएको दारी ग्याङ नेपालका ४५ भन्दा बढि क्षेत्रमा बिस्तार भएको र सुदूरपश्चिमका नौ वटै जिल्लामा दारी ग्याङ सक्रिय गर्ने गरि योजना अघि बढाईएको सुदूरपश्चिम प्रदेश संयोजक बोहराले बताए। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार