धगनढि : अछाममा गत असार ३ गते राति एक किशोरीमाथि करणी भयो। महिनावारी भएकी १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको हो। छाउगोठमा बस्दै आएकी किशोरीमाथि राति करणी भएको थियो।
मामा घरमा बस्दै आएकी १६ वर्षीया किशोरी छाउगोठमा असार ४ गते मङ्गलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
किशोरी करणीको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ पनि गर्यो। अहिले पीडकलाई अदालतबाट फइसल्ला गरि डोटीको सुधारगृहमा राखिएको छ। पीडित किशोरीलाई परिवारको जिम्मा लगाइएको छ। उनको उपचारपछि परिवारको जिम्मा लगाएको अछाम प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक जय पार्कीले भने, ‘बालिका करणीको आरोपमा स्थानीय १७ वर्षीय बालक पक्राउ परेका हुन्। उनको थुनछेक बहसपछि अदालतले फइसल्ला गरेर डोटीको सुधार गृहमा राखिएको छ। पीडित बालिकालाई उपचारपछि आफन्तको जिम्मा लगाइएको छ। बालिकाको स्वास्थ्य अवस्था ठिक छ।’




प्रतिक्रिया दिनुहोस्