बैतडी समाज कैलालीको आयोजनामा १३ औं रक्तदान महोत्सव शनिबार हुँदै

धनगढी : “रक्तदान जीवन् दान“ को मुल मर्मलाई आत्मसात गर्दै कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा साउन–२६ गते उत्तरबेहडीस्तिथ पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा बैतडी समाज कैलालीले १३औँ रक्तदान महोत्सवको तयारि पूरा गरेको छ।

कैलाली उद्योग बाणिज्य संघ ले उक्त दिन मनाउन गै रहेको आफ्नो ५०औँ बार्षिक सधारण शभाको अवसरमा आफ्नो समाजिक सेवा कार्य निमित्त समाजको १३औँ रक्तदान महोत्सवमा सहकार्य गरेको हो।
प्रादेशिक रक्त संचार केन्द्र कैलालीका प्रमुख धरणी प्रशाद पन्तज्यु र स्थानीय विभिन्न कलेज हरु साथै विभिन्न ब्यक्ति विशेष, संघ संस्थाहरु लगायतका ठाउँठाउँमा भेला र भेटघाट कार्यक्रम मार्फत समाजले “रक्तदान सचेतना“ कार्यक्रमहरु पनि सम्पन्न गरेको छ।

यसपटकको उक्त रक्तदान महोत्सवमा धनगढी प्राविधिक नमुना बिद्यालयका २३ जना बिद्यार्थी हरु सहित थुप्रै जनाले पहिलोपटक रक्तदान गर्ने तयारी गरेको कुरा कार्यक्रम संयोजक वीर बहादुर महराले बताउनु भएको छ भने समाजका थुप्रै नियमित स्वयंसेवि रक्तदाताहरु सदा झैँ उपस्थित भएर रक्तदान गर्नु हुनेछ। पहिलोपटक रक्तदान गर्नु हुने रक्तदाता महानुभावहरुलाई स्थानीय विभिन्न समाजसेवी ब्यक्ति, अस्पताल, रेस्टुरेन्ट, सर्जिकल हाउस, बेकरी तथा कलर ल्याब हरुले आफ्नो सेवा सुबिधामा पुर्ण निःशुल्क र केहिमा विशेष छुट पाउने गरि रक्तदाताको सम्मान मा समाज संङ्ग हातेमालो गरेको कुरा कार्यक्रम का सह–संयोजक लोकेश भट्ट ले बताउनु भएको छ।

रक्तदान को कार्यक्रम बिहान ८ः०० बजे देखि शुरु हुनेछ भने सहभागी हरुका निमित्त चियापान र खिर–खानाको समेत कार्यक्रम आयोजक बैतडी समाज कैलालीले ब्यबस्थापन गरेको छ। उक्त कार्यक्रममा उपस्तिथि का लागि धनगढी वासी सम्पुर्ण लाई समाजका अध्यक्ष, समाजसेवी, माया प्रकाश भट्ट ले हार्दिक अपिल गर्नु भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार