कैलालीबाट डेढ लाख मूल्यको अवैध सामान बरामद

कैलालीः कैलालीमा डेढ लाख मूल्यको अवैध सामान बरामद गरिको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट ८० हजार ६५० मुल्य बराबरका कपडाहरू, टिकापुर नगरपालिका–९ खैरिपुरबाट १८ हजार २ सय, मुल्य बराबरको चिनि, प्याज र चप्पल, टिकापुर ९ ठोसेबजार बाट २० हजार २० मूल्य बराबरको चिनि, केराउ, सेतो प्लाष्टिक, रक्षा धागो पानीपुरी र रिफाईन तेल, कैलारी गाउँपालिका–७ मोहनपुरबाट ३२ हजार बराबरको ८ वटा प्लाष्टिकका कट्टाहरु, ८० किलो सुकेको खुर्सानी, र भजनी नगरपालिका–५ लालबोझीबाट ६ हजार ५०० मूल्य बराबरको सिलिङ पंखाको ब्याट्री औषधि प्लास्टिकको बोतल गरि करिब १ लाख ५७ हजार ३७० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार