धनगढी सेती अस्पतालको शवगृहमा १३ वर्षीया एक बालिकाको शव अलपत्र

धनगढी : १३ वर्षीया एक बालिकाको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा अलपत्र अवस्थामा छोडिएको छ।

जन्डिसका कारण ज्यान गुमाएकी बालिकाको शव २ दिनदेखि उठेको छैन्। बैतडीको डिलासैनी गाउँपालिका–२ का लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेको मृतककी आमाको गुनासो छ।

SHIKHAR COOL TECH

उनकी आमा हजारी विष्ट घोडाघोडी नगरपालिका–८ मा बस्दै आएकी छन्। २०७७ सालमा लोकेन्द्रबहादुर र हजारीबिच सम्बन्धविच्छद भएको थियो। मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन्। उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बालिका करिष्माको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुरमा मृत्यु भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार