सुदूरपश्चिममा तीन दिन सम्म रात्रिकालीन यातायात बन्द

धनगढी: सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा हुने र वर्षाका कारण सार्वजनिक यातायातमा क्षति तथा मानवीय क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले तीन दिन रात्रिकालीन यातायात बन्द गरेको छ। पहाडी जिल्लामा रातिको समयमा आउने पहिरोले क्षति गर्ने अनुमानसहित यातायात बन्द गरिएको हो।

SHIKHAR COOL TECH

राति ८ देखि बिहान ४ बजेसम्म सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा तीन दिन बन्द गरिएको छ। काठमाडौँ, धनगढी, महेन्द्रनगर, टीकापुर लगाएतका क्षेत्रबाट पहाडी जिल्ला र पहाडी जिल्लाबाट तराइ आउने रात्रिकालीन सवारीका साधनहरू तीन दिन सञ्चालन नहुने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। सार्वजनिक यातायात कम्पनीहरूको दैनिक तालिकामा समस्या आउने भएको छ। सापकोटाका अनुसार राति र दिउँसो सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरू नै फरक–फरक छन्। पहाडी जिल्लाहरूमा रात्रि सेवाका सार्वजनिक सवारीहरू दिउँसोको तुलनामा धेरै छन्। दिउँसो मात्र सार्वजनिक सवारी सञ्चालन हुने भएपछि यात्रुलाई समेत समस्या हुने देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार