काठमाण्डौ : काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् ।
त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच खेल हुनेछ । समूह चरणको खेलमा भारत १० अङ्कसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अङ्कसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।
त्यस्तै इरान ७ अङ्कसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलङ्का ४ अङ्कसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ। त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।
प्रतिक्रिया दिनुहोस्