भारतको बिहारमा करेन्ट लागेर ९ जनाको मृत्यु

एजेन्सी : भारतको बिहारमा करेन्ट लागेर ९ जनाको मृत्यु भएको छ । बिहारको वैशाली जिल्लामा ११ हजार भोल्टको करेन्ट लागेर भएको घटनामा अरू दुई जना घाइते भएका छन् ।

औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा हाइटेन्सन तार गाडीमा खस्दा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको उपचार भइरहेको छ । उनीहरू सबै बाजागाजासहित नाच्दै गाउँदै साउने सोमबारका लागि जल लिन घाटमा गएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार