बूढीगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन बगरमा परिणत

बाजुरा : बूढीगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौं बस्ती बगरमा परिणत भएका छन । कटानका कारण बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा छन् ।

गत वर्षको मनसुनमा बूढीगंगा नगरपालिका १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगंगा नदीले कटान गरेको थियो । यो वर्षको मनसुन सुरु भएपछि सोही नगरपालिका ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत गरेको स्थानीय हिरा थापाले बताए ।

Dengue

बाजुराको बडिमालिका नगरपालिका २ घागरमा १९ मुरी धान फल्ने खेत बगाएको र जोखिममा परेकाले घरमा बस्नसमेत छोडेको हिरा उपाध्ययाले बताए । बडिमालिका नगरपालिका २ पानीनाउलामा २५ परिवारको जग्गा पूरै कटान गरेको स्थानीय धन बढुवालले जानकारी दिए । उनले भने, ‘प्रत्येक वर्ष अलिअलि कटान गर्दै आएको थियो । यो वर्ष सबै बगायो ।’

बाजुराकै त्रिवेणी नगरपालिका ३ नं वडा र बूढीगंगा नगरपालिका ३ नं वडाको खेतीयोग्य जमिन नदीले कटान गरेको स्थानीय दिपक शाहले बताए । नदीको किनारामा रहेका ताप्रिसेरा, राप्का, बार्जुगाडा, मौर लगायत बजार पनि जोखिममा परेका छन् ।

अछामको साँफेबगर नगरपालिका २ का कमल साउदले साँफेबगरको बुढाबगर, ठाँटी, साँफे र कालिमाटीमा बूढीगंगाले कटान गर्दै आएको बताएका छन् । नदीले अछाममा रहेको धार्मिकस्थल बजनाथ क्षेत्रको केही भाग पनि कटान गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार