ट्राफिक नियमको पालना नगर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाही

धनगढी : सुदूरपश्चिममा ट्राफिक नियमको पालना नगर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्।

एक वर्षको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका हुन्। आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम नमान्ने सवारीसाधानबाट करिब ५ करोड राजश्व समेत असुल गरिएको छ। ट्राफिक नियम नमान्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा धेरै देखिएको छ। सो अवधिमा झण्डै ३१ हजार मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

Dengue

झण्डै पाँच करोड राजस्व असुल
आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ७३ हजार ४७९ सवारी चालक कारबाहीमा परेका छन््। ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ४ करोड ८९ लाख ८७ हजार जरिबाना असुल गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता ट्राफिक प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले बताए। गत आर्थिक वर्षमा ६ हजार ३७४ ट्रक, ३ हजार ६१४ बस, १७ हजार ९५९ जिप/कार, ७ हजार ३२३ ट्याक्टर, ३० हजार ९४८ मोटरसाइकल तथा ७ हजार २६१ अन्य सवारी चालक कारबाहीमा परेका छन्।

नियम नमान्नेमा मोटरसाइकल चालक बढी
ट्राफिक नियम उल्लंघन गर्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा बढी देखिएको छ। गत वर्ष ३० हजार ९४८ मोटरसाइकल चालकबाट जरिबानामा असुल गरिएको छ। मोटरसाइकल चालकबाट दुई करोड १५ लाख ४२ हजार जरिबाना उठेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार