कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुर :  कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१ भाँसीको प्रगती टोलबाट सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास बिष्ट र बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय हर्केस धानुक आईतवार पक्राउ परेका हुन्।

Dengue

दुबै जनालाई ३९० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका–१ बाराकुण्डाबाट सोही ठाउँ बस्ने २२ वर्षीय हरिष भण्डारीपक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भण्डारीको घरमा खानतलासी गर्दा १४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार