टीकापुरमा कृषि पढ्न आएनन् विद्यार्थी

धनगढी : प्राविधिक शिक्षा पढाउन खोलिएका कृषि शिक्षालयमा निर्धारित कोटा अनुसार विद्यार्थी भर्ना हुन आएका छैनन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीमार्फत डिप्लोमा तहमा कृषि विषय पढाउँदै आएको छ ।

टीकापुर बहुप्राविधिक शिक्षालयमा ४० जनाको कोटा रहेको बाली विज्ञानमा १० जना र ४८ जनाको कोटा भएको कृषि इन्जिनियरिङमा दुई जनाले मात्रै प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । कर्णाली नमुना मावि टीकापुरमा ४० जनाको कोटा रहेकोमा हालसम्म एक जनाले पनि आवेदन नभरेको प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

कृषिको उर्वरभूमि कैलालीमा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या घटेको छ । सिटिइभिटीले रानीजमरा कुलरिया, सिक्टा, बबई, महाकाली सिँचाइ परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङ विषय सञ्चालनमा ल्याएको छ । आकर्षक विषय र रोजगारी सुनिश्चित जस्तै भए पनि त्यहाँ पनि दुई जनाको मात्रै आवेदन परेको छ ।

एसइईमा न्यून विद्यार्थी पास हुनु, पास हुने विद्यार्थीमध्ये धेरै जसो कक्षा १२ पासपछि विदेश जाने लक्ष्य राख्न थालेकाले प्राविधिक विषय पढ्नेको सङ्ख्या घटेको टीकापुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षक विकास रानाको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार